८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

भीजी मोटर्सले दियो ड्राइभिङ सेन्टरका प्रशिक्षकहरुलाई ईभी सञ्चालनसम्बन्धी प्रशिक्षण

काठमाडौं– नेपालमा एसआरएम र जोयलङ ईभी भ्यानको आधिकारिक बिक्रेता भीजी मोटर्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरुको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) सम्पन्न गरेको छ । पहिलो चरणमा कम्पनीले साउन १० गते शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा ड्राइभिङ सेन्टरका प्रशिक्षकहरूलाई तालिम दिएको हो ।…