१० असार २०८३, बुधबार | Wed Jun 24 2026

टाटाका देशभर शोरुमहरुमा ‘प्रि –फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम



काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै आज भदौ २० र २१ गते दुई दिन ‘प्रि –फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ । यो विशेष कार्यक्रम कार्यक्रम टाटाका नेपालभर रहेका शोरुममा भइरहेको छ।


यस अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक मोडल तथा आईसीई मोडलका गाडीहरूको संयुक्त प्रदर्शनी अवलोकन गर्नुका साथै, ती गाडीहरू टेस्ट ड्राइभ गर्दै विशेष अफरहरुको साथ गाडी बुक गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रदर्शनीमा टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी, कर्भ ईभी लगायतका लोकप्रिय इलेक्ट्रिक गाडीहरु राखिएका छन् । त्यस्तै, आईसीई मोडलहरूमा टाटाका टियागो, पन्च, नेक्सन र टाटा सफारी समेत राखिएका छन्। यी मोडलहरूले किफायतीदेखि प्रिमियम सेग्मेन्टसम्मका ग्राहकलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ।

ग्राहकलाई थप आकर्षित गर्न टाटा मोटर्स नेपालले ‘प्रि–फेस्टिभ फियस्टा’ मा लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, फ्रि कम्पर्हेन्सिभ अटो प्लस इन्स्योरेन्स, फ्रि एसेसरिज, एक वर्षको निःशुल्क वार्षिक सवारी कर र फ्रि होम चार्जिङ इन्स्टलेसन जस्ता विभिन्न सुविधाहरु समावेश गरिएका छन्।

  :