काठमाडौं– अटो व्यवसायीहरुको ‘कुम्भ मेला’ को रुपमा रहेको नाडा अटो शो २०२४ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएकोे छ । भाद्र ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने नाडा अटो शोमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ हल्का व्यावसायिक सवारी साधनहरु प्रदर्शन गरिने नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ…