काठमाडौं– रुप्से होलिडेज प्रालिले एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका युवा क्रिकेटर सुशील रावललाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले उक्त सहयोग रकमको चेक नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहमार्फत रावलका लागि हस्तान्तरण गरेका हुन्…