६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

आरटीएफआई भर्सनमा औपचारिक लन्च हुँदै



काठमाडौं । नेपाली बजारका लागि भोलि बिहीबार टीभीएस अपाचे १६० फोरभीको आरटीएफआई भर्सन औपचारिक रुपमा लन्च गरिने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो मोटरसाइकल लन्च गर्ने तयारी गरेको हो ।

अपाचे आरटीआर १६० फोरभी पहिले देखि नै उपलब्ध भए पनि अब भने बीएस६ भर्सनमा थप फिचर सहित सो मोटरसाइकल सार्वजनिक हुन लागेको हो । अन्य कम्पनीहरुले एफआई इन्जिन भन्ने गरेकोमा टीभीएसका मोटरसाइकल रेसिङ डीएनएबाट प्रेरित हुने भएकाले आरटी अर्थात रेस ट्युन्ड थपेर टीभीएसले आरटीएफआई भन्ने गरेको छ । आरटीएफआईको अर्थ रेस ट्युन्ड फ्युल इन्जेक्सन हो ।

आरटीएफआई प्रविधि भएकाले यसको पर्फमेन्स र माइलेज उत्कृष्ट हुने कम्पनीको भनाइ छ । यसमा पहिलो पटक रेन, अर्वान र स्पोर्ट्स गरी तीन राइडिङ मोड उपलब्ध रहेको छ ।

त्यसैगरी स्मार्ट कनेक्ट प्रविधि यसमा भएको अर्को नयाँ फिचर हो । यसमा भएको स्मार्ट कनेक्ट फिचरमार्फत चालकले आफ्नो स्मार्टफोनलाई ब्लुटुथसँग कनेक्ट गरी अल अलर्ट, एसएमएस अलर्ट, रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, लिन एंगल मोड जस्ता फिचर प्रयोग गर्न सक्छन् । यसको हेडलाइट पनि अन्य भन्दा फरक छ ।

  :