मंसिर २७, २०८२ शुक्रबार | Fri Dec 12 2025

किन रोकियो मौद्रिक नीति ?




काठमाडौं– आज शुक्रबार ल्याउने तयारी भएको मौद्रिक नीति तत्काललाई रोकिएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१र८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर रोकेको हो।

प्रधामन्त्रीका आर्थिक सल्लाहकारमा डा.युवाराज खतिवडा आएपछि मौद्रिक नीति रोकिएको हो। उनले मौद्रिक नीतिमा थप छलफल हुनुपर्ने बताएका कारण रोकिएको हो। राष्ट्र बैँकले बिहीबार मौद्रिक नीतिका सम्बन्धमा अर्थमन्त्रीलाई ब्रिफिङ गराइएको थियो।

सोही अनुसार शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक राखेर दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक भएको थियो।

तर अर्थमन्त्रीको बिफ्रिङपछि डा.खतिवडाले थप परामर्श गर्न खोजेका थिए। सञ्चालक समितिको बैठकले छलफल गर्न थप समय माग गरेपछि आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति पछाडि सरेको हो।

  :