७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

यामाहा एरोक्स १५५ स्कुटर साथ ओझाको काठमाडौ–लद्दाख यात्रा



काठमाडौं– सोलो ट्राभल अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटर साथ काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् ।

उनले ११ दिनमा पाँच हजार किलोमिटरभन्दा बढी यात्रा तय गरेका हुन् । ओझाले यात्रा दौरान साहस, जोश र अटल संकल्पलाई आफ्नो दृढ संकल्प र प्रमाणका रूपमा खडा गरेका थिए । यात्राका क्रममा उनले विभिन्न भूभाग र मौसमको सामना गर्दै रोमाञ्चक र अद्भूत प्राकृतिक परिदृश्यसँग आफूलाई जोड्दै ती सुन्दर ठाउँलाई गहिरो रूपमा आत्मसात गरेका थिए ।

कठिन यात्रामा यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै आफूलाई बलियो र भरपर्दो साथीका रूपमा प्रमाणित गरेको कम्पनीको दाबी छ । एरोक्स १५५ स्कुटरमा रहेको एड्भान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गरेको हो । जसको चुस्त हृयाण्डलिङ र आधुनिक एफआई प्रविधिले ओझालाई घुमाउरो पहाडी सडकमा सहज र स्थिरतासाथ यात्रा गर्न सहज बनाएको थियो ।

एमएडब्लु राइदकी सिएमओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशिस ओझाप्रति असाध्यै गौरवान्वित भएको बताईन ।

  :