७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पोखरामा एनओजी माइलेज टेष्ट, ७७.२ किमी माइलेजसहित अधिकारी प्रथम




काठमाडौं– टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । शनिबार आयोजित राइड टिभिएसको पोखरास्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट लेखनाथ पुगेर समापन भएको थियो ।

राइडका क्रममा करिब ५० राइडरले माइलेज टेस्ट एनओजी राइडमा भाग लिएका थिए र सहभागीबीच विभिन्न खेल पनि खेलाइएको थियो । स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्टसम्म माइलेज टेस्ट गर्दा ७७.२ किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता हुन सफल भएका छन् भने ७५.३८ किलोमिटर माइलेजसहित रोशनी लामिछाने दोस्रो र ७३.८४ किलोमिटरसहित सुमन देवकोटा तेस्रो भएको कम्पनीले जनाएको छ । टिभिएसको पोखराको शोरुम, स्क्वायर मोटर्सका ओनर विनोदमान श्रेष्ठले सबै सहभागीलाई भव्य स्वागत गरेका थिए थियो ।


टिभिएसकी प्रोडक्ट हेड करुना पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा एक लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु र एनटर्कको माइलेज, पावर र पर्फर्मेन्सप्रति विश्वास बढाउनु हो ।

  :