७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बिएमडब्लुको नयाँ इलेक्ट्रिक स्कूटर, मूल्य १४ लाख ९० हजार भारु




काठमाडौं– बिएमडब्लु मोटोरार्ड, इण्डियाले आफ्नो नयाँ इलेक्ट्रिक स्कूटर सीई ०४ भारतमा सार्वजनिक गरेको छ । सो स्कूटरको मूल्य १४ लाख ९० हजार भारतीय रुपैयाँ तोकिएको छ ।
प्रिमियम म्याक्सी–स्कुटरका रुपमा आएको यसको अगाडि र फ्ल्याट सिटमा एकीकृत एलईडी डीआरएलसहित डुअल एलईडी हेडल्याम्प दिइएको छ । स्कुटरमा बिल्ट–इन नेभिगेसन र कनेक्टिभिटीको साथ १०।२५ इन्चको कलर टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल राखिएको छ ।
स्कुटरको लम्बाइ २२८५ एमएम चौडाई ८५ एमएम र उचाई ११५० एमएम तथा ह्वीलबेस १६७५ एमएम छ । सिटको उचाइ ७८० एमएम छ, जसलाई कम्फर्ट सिटको साथ ८५५ एमएमसम्म बढाउन सकिन्छ ।

सो नयाँ स्कुटरमा लिक्विड–कुल्ड इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसले, ४१ बिएचपी पावर र ६२ एनएम टर्क जेनेरेट गर्दछ । साथै यसले २.६ सेकेन्डमा ०–५० किलोमिटर प्रतिघण्टाको गतिमा स्प्रिन्ट गर्न सक्छ भने १२० किलोमिटर प्रतिघण्टाको उच्च गति पकड्न सक्छ ।

सो नयाँ स्कुटरमा बिएमडब्लुले ८.९ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । जसको रेन्ज १३० किलोमिटर दावी गरिएको छ । स्कुटरमा २.३ किलोवाटको चार्जरका साथ विकल्पको रूपमा बिएमडब्लु वालवक्स चार्जर समेत उपलब्ध गराइएको छ । ब्याट्रीलाई सून्यदेखी ८० प्रतिशतसम्म चार्ज गर्न ३ घण्टा ३० मिनेट लाग्छ ।

  :