३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

केटीएम ३९० एड्भेञ्चर मोटरसाइकलको प्रि बुकिङ खुला




काठमाडौंं– केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले २०२४ मोडलको केटीएम ३९० एड्भेञ्चर मोटरसाइकलको प्रि बुकिङ खुला गरेको छ ।


२०२४ केटीएम ३९० एड्भेन्चर बाइकमा ३७३ सीसी, सिंगल सिलिन्डर, फोर भल्व, एफआई इन्जिन उपलब्ध छ । सो इन्जिनले ४३.५ पीएस पावर र ३७ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा बोस इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम छ । यसको फ्रन्टमा डब्ल्युपी एपेक्स युएसडी ओपन–क्याट्रिज फोक्र्स सस्पेन्सन छ भने रियरमा डब्ल्युपी एपेक्स मोनोसक सस्पेन्सन छ । ब्रेकिङका लागि फ्रन्ट र रियरमा ड्युअल च्यानल एबीएससहित ३२० एमएम र २३० एमएमको डिस्क ब्रेक दिइएको छ ।

केटीएम ३९० एड्भेन्चर बाइकमा ट्रयाक्सन कन्ट्रोल सिस्टमको लागि स्ट्रिट र अफरोड मोड उपलब्ध छ । सो बाइक एक्कासी रोकिएमा वा लडेमा पनि अफरोड मोड सक्रिय रहनेछ । यसका कारण बाइक चलाउन सुरक्षित हुन्छ ।

यसमा रोबुस्ट कास्ट ह्विल उपलब्ध छ । यसमा टीएफटी ड्यास डिस्प्ले टाइपको इन्स्ट्रयुमेन्ट क्लस्टर छ । एमटीसी, राइडिङ मोड, कर्नरिङ एबीएस, अफरोड एबीएस, राइड–बाई–वायर, क्विकसिफ्टर प्लस, स्लिपर क्लच, १२ भोल्ट युएसबी सकेट जस्ता विशेषता यसमा रहेका छन् ।

  :