पुस २९, २०८२ मंगलबार | Tue Jan 13 2026

बर्दिवासमा एमएडब्लू वृद्धि कमर्शियल भेइकल्सको नयाँ शोरुम




काठमाडौं–नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिले महोत्तरीको बर्दिवासमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

शोरुम शुक्रबारदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो। शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध हुने छन् । फोटोन मोटर्सको आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ।

व्यावसायिक सवारी साधनको विकल्पलाई थप विस्तार गर्न कम्पनीले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ जसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरूमा उपलब्ध छन्।

कम्पनीले नयाँ शोरुम स्थापना हुनुलाई एउटा महत्वपूर्ण कदमको सङ्केत रुपमा लिएको बताएको छ । जसले ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई बलियो बनाई कम्पनीको उपस्थितिलाई नेपालभर विस्तार गर्दछ।

कम्पनीले बर्दिबास र आसपासका ग्राहकहरूले अब नयाँ व्यावसायिक सवारी साधनहरू अनुभव गर्न, वित्तीय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्ने पनि जनाएको छ ।

  :