माघ २, २०८२ बिहीबार | Thu Jan 15 2026

जीहो एई६ इलेक्ट्रिक स्कूटर किन्ने ग्राहकलाई २० हजार छूट




काठमाडौं– जीहो इलेक्ट्रिक स्कूटरको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले बुधबारदेखि सेल्स एण्ड एक्सचेञ्ज कार्निभल शुरु गरेको छ । कार्निभल शुक्रबारसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा उपलब्ध जीहो एई६ प्लसमा कम्पनीले यो अफर ल्याएको हो । यो अफर अनुसार नगद वा फाइनान्समा सो इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकलाई सिधै २० हजार रुपैयाँ छुट प्रदान गरिने जनाएको छ । त्यसैगरी आफ्नो कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग साट्न चाहनेले थप ३० हजार रुपैयाँ एक्सचेन्ज भ्यालु पाउने छन् ।

कार्निभलमा सहभागी भएर स्कुटर किन्ने एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको रुपमा दसैं सपिङ भौचरको रुपमा १५ हजार र एक जना अवलोकनकर्तालाई ५ हजार रुपैयाँ प्रदान गरिने समेत कम्पनीको भनाइ छ । यी सबै कार्यका लागि अन द स्पट फाइनान्सिङ र अन द स्पट भ्यालुएसन गरिने छ । काठमाडौं उपत्यकाका नक्साल नारायणचौर र झम्सिखेल ललितपुरमा रहेको शोरुममा सो कार्निभल हुनेछ ।

  :