बैशाख २९, २०८२ सोमबार | Tue May 13 2025

के तपाईंलाई थाहा छ ? जीडब्लुएमको ओरा ०३ को मूल्य ५ लाख घट्यो



काठमाडौं– ग्रेट वाल मोटर (जीडब्लुएम)को ओरा ०३ ईभीको मूल्य ५ लाख रुपैयाँ घटेको छ ।

जिडब्लुएमका लागि नेपालको आधिकारिक बिक्रेता भिजी इम्पेक्सले अहिले बजारमा धेरै ब्राण्डहरुको मूल्यमा प्रतिस्पर्धा चलिरहेका कारण उत्पादक कम्पनीलाई आग्रह गरेर मूल्य घटाएको जनाएको छ ।

यसअघि उक्त ईभीको मूल्य ४७ लाख ४७ हजार रुपैयाँ थियो । मूल्य घटेपछि उक्त ईभी अब ४२ लाख ४९ हजार रुपैयाँमा नै पाइने कम्पनीले जनाएको छ । रा ०३मा ४७।७८ किलोवाटको लिथियम आइरन फोस्फेट ब्याट्री, ४०० किमिको रेन्ज रहेको कम्पनीले बताएको छ । यसमा ९९ किलोवाटको पिक पावर र २१० एनएम टर्क भएको स्थायी चुम्बकीय सिंक्रोनस इलेक्ट्रिक मोटरले गर्दा शहर र राजमार्गको सवारीलाई उपयुक्त बनाउने कम्पनीले जनाएको छ ।

जसमा ७ एयरब्याग, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल ९ईसीएस०, ट्र्याक्सन कन्ट्रोल सिस्टम (टीसीएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा सुविधाहरू छन् ।

त्यसैगरी यसमौ रेयर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा प्रणाली पनि रहेको छ । ओरा ०३ मा ठूलो र फराकिलो केबिन, पानोरामिक सनरुफ, लेदर सिट, अटोमेटिक एयर कन्डिसनर, एडप्टिभ क्रुज कन्ट्रोल, ५ ड्राइभिङ मोडलगायतका सुविधाहरू रहेको कम्पनीले जनाएको छ ।

  :