७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

सीजी मोटर्सले भित्र्यायो एक्सपेङको जी–६




काठमाडौं– चिनियाँ गाडी उत्पादक कम्पनी एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले एक्सपेङको ब्राण्ड जी–६ नेपाल भित्र्याएको छ । कम्पनीले यो गाडी आगामी भदौ ११ गतेदेखि काठमाडौंमा शुरु हुने नाडा अटो शो २०२४ मा प्रदर्शन गर्ने जनाएको छ ।

एक्सपेङ जी–६ कुपे डिजाइनमा तयार गरिएको छ । एक्सपेङ जी–६ मा ६८ किलोवाट आवर ब्याट्री छ । एक्सपेङमा २१० किलोवाटको मोटर छ । उक्त मोटरले ४४० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । एक्सपेङ जी–६मा १५ इन्चको सेन्टर कन्ट्रोल स्कृन र १०.२ इन्चको ड्राइभर डिस्प्ले दिइएको छ ।

एक्सपेङ जी-६ मा मल्टी फङ्सनल २ स्पोक स्टेरिङ ह्वील, वायरलेस चार्जिङ प्याड, हिटेड एण्ड भेन्टीलेटेड फ्रन्ट सिट, पानारोमिक ग्लास रुफ, फ्रन्ट एण्ड रियर सेन्सर, ३६० डिग्री क्यामरा, १८ वटा स्पीकर, डिउल जोन क्लाइमेट कन्ट्रोल जस्ता क्याविन फिचर छन् ।

सुरक्षाका लागि एक्सपेङ जी(६ मा ७ वटा एयरव्याग, २ लाइडार राडार, ५ एमएम वेभ राडार, १२ वटा क्यामरा, १२ सेन्सर, फरवार्ड रियर ल्याटरल कोलुजन वार्निङ, लेन किप असिस्ट छन् ।

  :