माघ २, २०८२ बिहीबार | Thu Jan 15 2026

पञ्च ईभी किन्दा आठ बर्षसम्म निःशुल्क चार्जिङको सुविधा दिने सिप्रदीको घोषणा




काठमाडौं– काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा जारी नाडा अटो शो २०२४ मा टाटा गाडीको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाट पञ्च ईभी खरिद गर्दा आठ बर्षसम्म चार्जिङ निःशुल्क गर्ने अफर ल्याएको छ ।

कम्पनीका अनुसार पञ्च ईभी खरिद गर्ने ग्राहकहरुले आठ बर्षसम्म टाटाको नेटवर्कमा रहेका सम्पूर्ण चार्जिङ स्टेसनमा निःशुल्क चार्ज गर्न सक्नेछन् । पञ्च ईभी नाडा अटो शो २०२४ को पहिलो दिन मंगलबार सार्वजनिक गरिएको हो । पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ ।

३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च.ईभीले ४२१ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । ५६ मिनेट फूल चार्ज हुने यो गाडीको टर्क पावर १९० एनएम रहेको बताइएको छ । गाडीमा इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र ¥याम्प–ओभर एंगल्सलगायत विद्युतीय एसयूभीमा हुनुपर्ने हरेक विशेषता रहेको कम्पनीले जनाएको छ ।

  :