३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

यामाहाको दशैं, तिहार अफर ‘बिगेष्ट दशैं’




काठमाडौं– यामाहा मोटरसाइकल तथा स्कूटरको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लु राइडर्सले आउँदै गरेको दशैं, तिहार तथा छठलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ । कम्पनीले ‘बिगेष्ट १०शैं’ नामक यो योजना अन्तर्गत ग्राहकहरुले थुप्रै फाइदाहरु पाउने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्याशब्याक पाउने छन् ।

‘यामाहा नेपालका सीईओ संजीव शुक्लाले भन्नुभयो– नेपालीहरूको महान चाड दशैंलाई हामी बडा दशैं पनि भन्छौं । बडा दशैंलाई नामजस्तै भव्य र ठूलो बनाउने सोच अनुसार नै हामीले यो अफर ल्याएका हौँ । यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले हाम्रा ग्राहकहरूले यसपालीको दशैं अहिलेसम्मकै ठूलो र भव्य महशुस गर्ने हाम्रो विश्वास छ ।

यसका साथै यामाहाको स्टाइल, स्पोर्टीनेस र एक्साइटमेन्टले भरिपूर्ण एफजेडभी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि ग्राहकले पाउने छन् । यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ । साथै, शुन्य ब्याजदरमा कर्जा र सहज कर्जा सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

  :