२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

भारतको ईभीएज मोटर्सको आधिकारिक बिक्रेतामा गोल्छा अर्गनाइजेसन चयन




काठमाडौं– भारतीय कमर्सियल बिद्युतीय गाडी उत्पादक कम्पनी ईभीएज मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेतामा गोल्छा अर्गनाईजेसन अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनी चयन भएको छ ।

ईभीएज ब्राण्डका बिद्युतीय गाडी भित्र्याउनका लागि नेपालबाट १५ वटा कम्पनीले आवेदन दिएकोमा ईभीएजले अन्तिममा हंसराज हुलासचन्द एण्ड कम्पनीलाई आधिकारिक बिक्रेताको रुपमा चयन गरेको हो । हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा बजाज मोटरसाइकल बिक्री गर्दै आईरहेको छ ।

सन् २०१४ मा स्थापना गरिएको ईभीएज मोटर्सले अहिले कमर्सियल इलेक्ट्रिक गाडी मात्र उत्पादन गरिरहेको छ । यो कम्पनी भारतमा अग्रणी बिद्युतीय कमर्सियल गाडी निर्माताको रुपमा देखिएको छ । यस कम्पनीको उत्पादन एफआर ८ भ्यान निकै लोकप्रिय भ्यान हो ।

  :