३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

सीजी मोटर्सले फ्यूचर ईभी कार्निभलमार्फत विद्युतीय गाडीहरूको प्रदर्शनी



काठमाडौं– विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै सी।जी मोटर्सको आधिकारिक वितरक, फ्युचर मोटर्सले फ्यूचर इभी कार्निभल सुरु गरेको छ। कार्निभल १२ गतेसम्म सञ्चालन हुने छ ।

यो कार्यक्रम भक्तपुरको राधे राधे स्थित हेरीटेज पार्टी प्यालेसमा भइरहेको छ। कार्निभल बिहान १० बजे देखी साँझ ६ बजेसम्म सञ्चालन हुने छ र यसमा रिड्डारा, नेटा, जि।ए।सी, किङ्गलङ्ग, र सीजी केवाइसीका सवारी साधनहरू प्रदर्शनमा राखिएका छन्।

ग्राहकहरुले प्रदर्शित विभिन्न सवारी साधनलाई टच एण्ड फिल गर्न पाउनेछन्। साथै, कार्निभलमा मनोरञ्जनात्मक आकर्षणको रूपमा विभिन्न खेल, लाइभ प्रदर्शन, र खाना र पेयपदार्थका स्टलहरू समावेश गरिएको छ। प्रदर्शनीमा राखिएका कुनैपनि सवारी साधन खरिदमा इच्छुक ग्राहकहरूको लागि अन द स्पट फाइनान्सिङ्ग, एक्सचेञ्ज अफरहरू, विशेष डिस्काउण्ट र अन द स्पट भ्यालुएशनको सुविधाहरू प्रदान गरिएको छ।

नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको अपेक्षालाई मध्यनजर गर्दै सी।जी। मोटर्सले अभतार, रिड्डारा, नेटा, जि।ए।सी, किङ्गलङ्ग, सी।जी। के।वाइ।सी, दायुन, र स्मार्ट गरी ८ वटा विभिन्न ब्राण्डका विद्युतीय सवारी साधनहरु बिक्री वितरण गर्दै आइरहेको छ।

  :