७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

टाटाको ‘सफारी डार्क’काठमाडौंमा




काठमाडौं– भारतीय गाडी उत्पादक कम्पनी टाटा मोटर्सले उत्पादन गरेको प्रिमियम एसयूभी सफारीको डार्क एडिसन काठमाडौंं भित्रिएकोछ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ सफारीको डार्क एडिस काठमाडौं भित्र्याएको हो । यो प्रिमियम एसयूभी केही दिनमा सार्वजनिक गर्ने र त्यसलगत्तै बुकिङ खुला गर्ने तयारी भईरहेको बताइएको छ ।


सफारी डार्क रेगुलर सफारीभन्दा केही फरक देखिन्छ। यो प्रिमियम एसयूभीको साइडमा डार्क लेखिएको व्याच छ।
टाटा मोटर्सले यस अगाडि पनि ग्राहकहरुले रुचाएका मोडलहरुको डार्क एडिसन पनि उत्पादन गर्दै आएको छ।
नेक्सन आईसीई र नेक्सन ईभीको पनि डार्क एडिसन उपलब्ध छ। सफारी डार्कमा २।० लिटरको डिजेल इन्जिन छ। ६ स्पीडको म्यानुअल तथा अटोमेटिक टर्क कन्भर्टर युनिट रहेको छ। यो प्रिमियम एसयूभीले १ सय ६८ बीपीएस र ३ सय ५० एनमए टर्क जेनेरेट गर्छ।


यो प्रिमियम एसयूभीको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन। रेगुलर सफारीको मूल्य भने ९२ लाख ४९ हजार रुपैयाँदेखि १ करोड ८ लाख रुपैयाँसम्म तोकिएको छ।

  :