२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल नोभेम्बर ४ मा सार्वजनिक हुने




काठमाडौं– रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल नोभेम्बर ४ मा सार्वजनिक गर्ने तयारी गरिएको छ । उक्त इलेक्ट्रिक मोटरसाइकल अहिले परीक्षणको क्रममा रहेको छ ।

रोयल इनफिल्डले इटालिको मिलानमा हुने इआइसीएमए (इक्मा) अटो शो २०२४ मा यो मोटरसाइकल सार्वजनिक गर्ने एक टिजर सार्वजनिक गर्दै घोषणा गरेको थियो । रोयल इनफिल्डले आफ्नो इलेक्ट्रिक सेग्मेन्टका लागि डेडिकेटेड वेबसाइटका साथै नयाँ इन्स्टाग्राम पेजसमेत तयार गरेको छ ।

पहिलो पटक सन् २०२२ मा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको प्रोटोटाइप सार्वजनिक गरेको कम्पनीले नयाँ इलेक्ट्रिक प्लेटफर्ममा नै मोटरसाइकल ल्याउन लागेको हो ।

  :