काठमाडौं– होन्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्यमा १ हजार देखि ५ हजार रुपैयाँसम्म वृद्धि गरेको छ ।
मूल्य वृद्धि अनुसार होन्डा एनएक्स २०० र सीबी हर्नेट २।० मा ४ हजार रुपैयाँ मूल्य वृद्धि गरिएको छ । नयाँ मूल्य सूची अनुसार यी दुई मोडलको मूल्य क्रमशः ४ लाख ८९ हजार ९ सय र ४ लाख ६९ हजार ९ सय रुपैयाँ छ । यी दुवै मोडल होन्डाका बिग बाइक हुन् ।
त्यसैगरी होन्डा साइन १२५ बीएस६ डीएसएस एफआई र होन्डा एसपी बीएस६ डीएसएस एफआईको मूल्यमा ४ हजार रुपैयाँ वृद्धि गरिएको छ । यी दुई मोडलको मूल्य क्रमशः २ लाख ८६ हजार ९ सय र २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ ।
होन्डाको नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने स्कुटर डियोका केही भेरिएन्टमा १ हजार रुपैयाँले मूल्य वृद्धि गरिएको छ । यस अनुसार अब ११० सीसीको डियो डिलक्स बीएस४ को मूल्य २ लाख ३४ हजार ९ सय रुपैयाँ पुगेको छ भने १२५ सीसीको डियो बीएस६ स्ट्यान्डर्डको मूल्य ३ लाख ३ हजार ९ सय र डियो बीएस६ स्मार्टको मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया