२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

दुई बर्षमा ५० हजार युनिट बिक्री भो टाटाको टियागो ईभी




काठमाडौं– टाटा मोटर्सले टियागो ईभी कार दुई बर्षमा ५० हजार यूनिट बिक्री भएको जनाएको छ । टियागो ईभी टाटा मोटर्सले सन् २०२२ मा लञ्च गरेको हो । भारतमा टियागो ईभी सबैभन्दा छिटो बुक गरिएको ईभी बनेको थियो।

यो कारले २४ घण्टामा १० हजारभन्दा बढी यूनिट बुकिङ प्राप्त गरेको थियो । यसैगरी, डेलिभरी सुरु गरेको ४ महिनामा १० भन्दा बढी र १७ महिनामा कुल ४० हजार युनिट टियागो ईभी बिक्री भएको कम्पनीले जनाएको छ ।

टियागो ईभीमा १९.२ र २४ किलोवाट आवरको ब्याट्री दिइएको छ । ५५ किलोवाट मोटर जडान गरिएको ईभीलाई एपकटक फुल चार्ज गर्दा ३१५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । नेपालमा उपलब्ध टियागो ईभीको लङ रेञ्ज भेरियन्ट ग्राहकहरुले निकै मनपराएका छन् ।

  :