२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

एक महिनामै बीवाईडीले बेच्यो ५ लाख ५२६ ईभी




काठमाडौं– चिनियाँ ईलेक्ट्रिकल भेइकल कम्पनी बीवाईडीले पहिलो पटक अक्टोबर महिनामा नै ५ लाख ५२६ इलेक्ट्रिक भेइकल बिक्री गर्न सफल भएको छ । यो गत बर्षको यही अवधिको तुलनामा ६६ प्रतिशत बढि रहेको बताइएको छ ।

गत बर्षको अक्टोवर महिनामा बीवाईडीले ३ लाख १ हजार ९५ ईभी बिक्री गरेको थियो । त्यसैगरि बीवाईडीले पहिलो पटक तीन महिना जुलाईदेखि सेप्टेम्बर सम्ममा २०१.१२ विलियन युआन अर्थात २८.२४ विलियन डलर आय गरेको छ । जुन गत बर्षको तुलनामा २४ प्रतिशत बढी भएको बताइएको छ ।

बीवाईडीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक आय अनुसार पहिलो पटक अर्को प्रतिष्ठित कम्पनी टेस्लाको आयलाई समेत उछिनेको छ । टेस्लाले तीन महिनामा २५.२ विलियन डलर आम्दानी गरेको थियो । बीवाईडी र टेस्ला विश्व बजारमा पछिल्लो पटक प्रतिस्पर्धी कम्पनीको रुपमा अगाडि बढिरहेको पाइएको छ ।

  :