११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

होण्डाको इलेक्ट्रिक स्कुटर सार्वजनिक




काठमाडौं– होण्डाले हालै इटलीमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इटालीको मिलानमा जारी इक्मा अटो शो २०२४ मा आफ्नो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । यस ६ किलोवाट मोटरको प्रयोग गरिएको छ ।

स्कुटरमा १.३ किलोवाट आवर क्षमताको रिमुभएबल लिथियम ब्याट्रीको प्रयोग गरिएको छ । यसले ७० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसलाई सामान्य चार्जरमा चार्ज गर्दा ७ घण्टामा फुलचार्ज हुने कम्पनीले भनाइ छ ।

यो स्कुटरमा ७ इन्चको टीएफटी डिस्प्लेका साथै अल एलईडी लाइट, यूएसबी सी टाइप, राइड मोड, डिस्क ब्रेक उपलब्ध रहेको छ ।

  :