१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

सहज र सजिलो बिद्युतीय स्कूटर बनाउने यात्रीको घोषणा




काठमाडौं– नेपालको दुई पाङ्ग्रे बिद्युतीय मोटरसाइकल निर्माता कम्पनी यात्रीले अहिलेसम्मकै सहज र सजिलो स्कूटर निर्माण गर्ने जनाएको छ । आफ्नो फेसबुक पेजमार्फत यात्रीले अहिलेसम्मकै सहज स्कूटर बनाउने जनाएको हो ।

कम्पनीले आफ्नो सहजता अनुसारको स्कूटर बनाउन सहयोग गर्नको लागि रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमा आएर डाटा संकलनमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।

यात्रीले हाल पी १ मोटरसाइकलको व्यावसायिक उत्पादन गर्दै आएको छ । केही समय अगाडि सिप्रदी ट्रेडिङले यात्री मोटरसाइकल बनाउन लगानी गर्ने घोषणा समेत गरेको थियो ।

  :