२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

साईमेक्स इंकद्वारा एकै दिन १०० बीवाईडी ईभी डेलिभरी



काठमाडौं– चिनियाँ बिद्युतीय गाडी उत्पादक बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साईमेक्स इंकले बीवाईडीको ३० औं स्थापना दिवस र एक करोड युनिट न्यू इनर्जी भेहिकल उत्पादनको अवसर पारेर नेपालभर १०० यूनिट विद्युतीय गाडी डेलिभरी गरेको छ ।


यस उपलब्धिले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराएको र हरित भविष्यप्रति बीवाईडीले देखाएको प्रतिबद्धता झल्किने कम्पनीले जनाएको छ । ‘बीवाइडीको विश्वब्यापी सफलता र क्रान्तिकारी नेतृत्व हासिल गरेको उपलब्धीलाई १०० युनिट कार एक साथ ग्राहकलाई दिएका छौं । यसमा ग्राहकको विश्वासले नै नेपालमा दिगो यातायातका साधनमा हामी सफल हुँदै गएका छौं ’, कम्पनीले भनेको छ ।

कम्पनीका अनुसार विश्वव्यापी रुपमा बीवाईडीले १ करोड न्यू इनर्जी भेइकल उत्पादन गरी नयाँ माइलस्टोन कायम गरेको छ भने यसले नवप्रवर्तन, दिगोपन, र शून्य उत्सर्जन तर्फको भविष्यप्रति आफ्नो प्रतिबद्धता समेत प्रमाणित गरेको छ ।

साईमेक्स इंकले नेपालमा बिवाईडीका एट्टो थ्री, डल्फिन र सिल जस्ता आधुनिक मोडलहरू बिक्री गर्दै आएको छ ।

  :