७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

टीभीएसको आईक्युब इलेक्ट्रिक स्कूटरको मूल्यमा भारी कटौती



काठमाडों– टीभीएसको आईक्युब इलेक्ट्रिक स्कूटरको मूल्य एकै पटक १ लाख ३० हजार रुपैयाँ घटेको छ । टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ब्याट्रीको साइज घटाएर बजारमा ल्याएसँगै मूल्यमा पनि भारी कटौती गरेको हो ।

यस अगाडि ४ लाख २९ हजार ९ सयमा बिक्री गर्दै आएको सो स्कूटरको मूल्य अब २ लाख ९९ हजार ९ सय तोकिएको छ । यस्तै यस अगाडि आईक्युब स्कूटरमा ३.४ किलोवाट आवरको ब्याट्री भएकोमा नयाँ भेरियन्टमा २.२ किलोवाट आवरको ब्याट्री रहेको छ ।

ब्याट्री फरक भए पनि दुवै भेरियन्ट स्कूटरमा ४.६ किलोवाटको मोटर रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसलाई एकपटक फुलचार्ज गरेर ७५ किलोमीटरसम्म गुडाउन सकिन्छ ।

जगदम्बा मोटर्सले आईक्यूबको २.२ किलोवाट आवर भेरियन्ट बुधबार सार्वजनिक गरेको हो ।
यससँगै अब नेपालमा टिभिएस आईक्यूबका ३ वटा भेरियन्टहरू ६ आकर्षक रङमा उपलब्ध हुनेछन् ।

उक्त लन्च कार्यक्रममा टीभीएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधुप्रकाश सिंहले विश्वभरि ४ लाखभन्दा बढी ग्राहकले टीभीएस आईक्यूब ब्रान्डलाई रोजेको जानकारी दिएका थिए ।

आईक्युब २.२ किलोवाट आवर भेरियन्टको बुकिङ आजदेखि टीभीएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टीभीएसका ४० वटा आधिकारिक डिलरमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभिएस आईक्यूब २.२ किलोवाट आवर भेरियन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा भएको परिवर्तनमा अझ गति थप्ने बताए ।

  :