२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

चार महिनामा ८ अर्बभन्दा बढीको ईभी नेपालमा भित्रियो




काठमाडौं–चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिना (साउनदेखि कात्तिकसम्म) ८ अर्ब भन्दा बढी रकमको ३ हजार ४ सय ९८ विद्युतीय गाडी (ईभी) भित्रिएको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार आयात भएका ईभीमा कार, जीप र भ्यान रहेका छन् ।

विभागका अनुसार अधिकांश ईभी चीनबाट भित्रिएका छन् । चार महिनामा चीनबाट मात्रै २ हजार ५ सय १० वटा ईभी भित्रिएका छन्, जुन कूल ईभी गाडी आयातको ७१.९८ प्रतिशत हो ।

यसैगरी, भारतबाट ९ सय ६९ वटा गाडी आयात भएको विभागको तथ्याङ्क छन् । यस्तै जर्मनीबाट ६ र अमेरिकाबाट २ वटा गाडी भित्रिएका हुन् । उक्त गाडी आयातबाट ५ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

  :