२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

नेटा ब्राण्डका ईभीको उत्पादन र वितरणमा कुनै समस्या नभएको स्पष्ट




काठमाडौं– चिनियाँ इलेक्ट्रिक कार उत्पादक कम्पनी होजोन अटोले नेपाली बजारमा लोकप्रिय नेटा ब्रान्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको जनाएको छ ।

बजारमा नेटाको उत्पादन बन्द भएको हल्ला फैलिएसँगै होजोन अटोले प्रेस विज्ञप्ति जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो ।

होजोन अटोले नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या नभएको भन्दै नेपालसहित विश्व बजारमा यसको नियमित आपूर्ति भइरहेको स्पष्ट पारेको हो ।

नेपालका केही मिडियामा नेटासम्बन्धी नकारात्मक समाचार आए लगत्तै होजोन अटोले विगतका समाचारहरूमा सत्यता नरहेको भन्दै आफ्ना उपभोक्तालाई विश्वसनीय सेवाको प्रतिबद्धता व्यक्त गरेको छ । होजोन अटोले नेपालमा सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरू उत्साहजनक रुपमा वितरण भइरहेको जनाउँदै नेपाली उपभोक्ताहरुबाट पाएको स्नेहका लागि आभार समेत व्यक्त गरिएको छ ।
नेटाको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्समार्फत बिक्री भएका गाडीहरूमा न्यूनतम १० वर्षसम्म स्पेयर्स पार्टस उपलब्ध गराउने प्रतिबद्धता नेटा होजोन अटो चाइनाले व्यक्त गरेको छ ।

होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तीय र व्यवस्थापन पक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको उल्लेख गरेको छ ।

  :