२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

सबैभन्दा बढी आयकर बुझाउने सीजी मोटर्स सम्मानित




काठमाडौं– आन्तरिक राजश्व कार्यालय ललितपुरले सबैभन्दा बढी आयकर बुझाउने कम्पनीको रुपमा सीजी मोटर्सलाई सम्मान गरेको छ।


राष्ट्रिय कर दिवसका अवसरमा राजस्व कार्यालयमा आयोजित कार्यक्रमका बीच सीजी मोटर्सलाई सम्मान गरेको हो ।


आन्तरिक राजश्व कार्यालय ललितपुरमा व्यावसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका करदाताहरूमध्ये आर्थिक वर्ष २०७९र०८० को आय विवरणको आधारमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सीजी मोटर्सलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।


आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत नवराज पन्थीले चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई खादा र सम्मान पत्रद्वारा सम्मान गरेका हुन्।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफ्नो ग्रुप राष्ट्रको भौतिक एवं सामाजिक विकासमा यस्तो योगदानलाई बढाउँदै लैजान प्रतिवद्ध रहेको बताए ।

  :