२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

महिन्द्राद्वारा एकैपटक दुई ईभी सार्वजनिक




काठमाडौैं– भारतीय गाडी निर्माता कम्पनी महिन्द्रा एकैपटक २ वटा इलेक्ट्रिक स्पोर्टर्स युटिलिटी भेहिकल (एसयूभी) सार्वजनिक गरेको छ ।

कम्पनीले एक कार्यक्रमको आयोजना गरेर ‘महिन्द्रा एक्स ईभी नाइन ई’ र ‘बीई सिक्स ई’ भोडलका नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको हो । बीई सिक्स ई मोडल दुई ब्याट्री अप्सनमा उपलब्ध हुनछ । जसमा ५९ र ७९ किलोवाट आवरको ब्याट्री रहेका छन् । यसले सिंगल चार्जमा ६८२ किलोमीटरसम्म रेञ्ज दिने बताइएको छ । यस्तै प्यनारोमिक सनरुफ, हेड अप डिस्प्ले, ७ वटा एयरब्याग, क्यामेराहरु लगायतका फिचरहरु यस ईभीमा छन् ।

यस्तै महिन्द्राको ‘इक्स ईभी नाइन ई’ कुप डिजाइनमा तयार पारिएको एसयूभी हो ।

यसमा ७९ र ५९ किलोवाट आवरको ब्याट्री प्याक छ । जसले एकपटकको फूलचार्जमा ६५५ किलोमीटरसम्म रेञ्ज दिने बताइएको छ । यसको ग्राउन्ड क्लियरेन्स २०७ एमएमको छ । यो ईभी ४.७ मिटर लामो, १.९ मिटर चौडा र १.६ मिटर उचाईको रहेको छ ।

  :