माघ १, २०८२ बुधबार | Thu Jan 15 2026

११ महिनामा बीवाईडीले बेच्यो ३७ लाख ४७ हजारभन्दा बढी ईभी




काठमाडौं– चिनियाँ बिद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले सन् २०२४ को ११ महिना अर्थात सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म ३७ लाख ५७ हजार ३३६ ईभी बिक्री गरेको छ ।

गत वर्षको यही अवधिको तुलनामा यो ४०.०२ प्रतिशत बढी भएको कम्पनीले जनाएको छ।बीवाईडीले प्रकाशित गरेको तथ्याङ्क अनुसार बीवाईडीले नोभेम्बर महिनामा ५ लाख ६ हजार ८ सयभन्दा बढी गाडी बिक्री गरेको छ ।

बीवाईडीले यो अवधिमा प्यासेन्जर र कमर्सियल दुवै गाडी बिक्रीको तथ्याङ्क यसमा समेटिएको छ । ती मध्ये प्यासेन्जर एनईभी ५ लाख ४ हजार र कमर्सियल भेइकल २ हजार ८ सय युनिट बिक्री भएका हुन् । अन्तर्राष्ट्रिय बजारमा यही अवधिमा ३ लाख ६० हजार ५० युनिट गाडी निर्याता भएका छन्, जुन गत वर्षको यही अवधिको तुलनामा ७४.२१ प्रतिशत बढी भएको कम्पनीले जनाएको छ।

  :