काठमाडौं– भारतीय कम्पनी होण्डाको इलेक्ट्रिक स्कूटर एक्टिभा ई नेपाली बजारमा कहिले आउला ? अहिले निकै चासो देखिएको छ । केही दिन अगाडि भारतमा सार्वजनिक गरिएको एक्टिभा ई नेपालमा केही महिनापछि आउने बताइएको छ ।
सन् २०२५ को शुरुवातबाट भारतको दिल्ली, मुम्बई, बैंगलोरमा बुकिङ शुरु हुने र त्यसको एक महिनापछि डेलिभरी गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार त्यसपछि मात्र नेपाल लगायतका देशहरुमा डेलिभरी गरिनेछ । एक्टिभा ईमा १.५ किलोवाट आवर क्षमताको डुअल ब्याट्री प्याक उपलब्ध छ । यसमा ६ किलोवाटको मोटर छ । जसको रेञ्ज ८० किलोमीटर प्रतिघण्टा रहेको छ ।
प्रतिक्रिया