काठमाडौं–बीवाइडीको सबैभन्दा सस्तो मोडलको रुपमा विश्वभर चर्चा कमाइरहेको सिगल नेपाली बजारमा समेत आउने तयारीमा रहेको ह्याचब्याक ईभी हो ।
बीवाईडी सिगल चीनमा सबैभन्दा बढी बिक्री हुने कारको सूचीमा पहिलो स्थान हासिल गर्न सफल भएको छ । नोभेम्बर महिनामा मात्र बीवाईडी सिगल ५६ हजार १५६ युनिट बिक्री भएको थियो । जसलाई आधार मान्दा सिगल चीनमा सर्वाधिक बिक्री हुने कारको सूचीमा पहिलो भएको हो । सूचीको दोस्रो स्थानमा टेस्ला मोडल वाई परेको छ भने बीवाईडीकै सङ प्लस र क्विन प्लस क्रमशः तेस्रो र चौंथो स्थानमा रहे । २०२५ मा नेपाली बजारमा पनि बीवाईडी सिगल आउने बताइएको छ ।
सिगलमा ३०.०८ र ३८.८८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ । साथै, यसमा ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । यसको अधिकतम रेन्ज ४०५ किलोमिटरसम्म रहेको सीएलटीसीले प्रमाणित गरेको छ ।
चीनमा यसको मूल्य ९ हजार ७०० देखि १२ हजार अमेरिकी डलरसम्म तोकिएको छ । नेपाली बजारमा आउँदा यसको मूल्य ३० लाख हाराहारी पर्ने बताइएको छ ।
प्रतिक्रिया