१० असार २०८३, बुधबार | Wed Jun 24 2026

होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड सम्पन्न




काठमाडौं– होन्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रालिले होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति प्रदान गर्दै ‘‘फ्रम सिटी लाइट्स टु माउन्टेन हाइट्स, राइड इट अल’ भन्ने मुख्य नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई सहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइएको थियो

टेस्ट राइड होन्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हात्तीवन जङ्गल पार गर्दै हात्तीवन हिमालयन हाइट रिसोर्टमा पुगेर समापन भएको थियो ।

यसले सहरको बाटो, उकालो र कठोर ट्रेलको मिश्रित मार्गले मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई एनएक्स २०० को बहुमुखी प्रदर्शन र क्षमता प्रत्यक्ष अनुभव गर्न मौका दिएको कम्पनीले जनाएको छ ।

  :