३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

काइवीको मिनी ईभी बिहिबार एकैपटक ३० युनिट डेलिभरी




काठमाडौं– जिओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटी मिलेर नेपाली बजारमा बिक्री गरिरहेका काइवीको मिनी ईभी बिहिबार एकैपटक ३० युनिट डेलिभरी गरिएको छ ।

बिहिबार आयोजित एक कार्यक्रमका बीचमा काइवी ई–क्यूट मिनी ईभी डेलिभरी गरिएको हो । जिओका प्रबन्ध निर्देशक आकाश गोल्छाले अहिले चीन सरकारको लगानीमा रहेको कम्पनीको स्थापित ब्राण्ड काइवी भएकाले विश्वस्त भएर ग्राहकहरुले यो ब्राण्डको गाडी किन्न सक्ने बताए ।

१९ लाख १६ हजारदेखि २४ लाख ९६ हजार रुपैयाँ पर्ने यो गाडी ३ भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ । यो गाडीले फूल चार्जमा ३ सय किलोमिटर रेञ्ज दिने बताइएको छ ।

  :