बैशाख १५, २०८२ सोमबार | Mon Apr 28 2025

‘साँग्रिला न्यू इनर्जी नीति अवार्ड’ बाट एमएडब्लु वृद्धि सम्मानित




काठमाडौं– नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्प चाँगानको प्रतिष्ठित ‘साँग्रिला न्यू इनर्जी नीति अवार्ड’ बाट सम्मानित भएको छ । पाएको छ ।

कम्पनीले गर्ने वार्षिक कार्यक्रममा विद्युतीय सवारी साधनको विस्तारमा अद्वितीय योगदान गरेवापत उक्त अवार्ड दिइएको हो । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फिरेन्स’मा उक्त अवार्ड हस्तान्तरण गरिएको हो ।

हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालिन गतिशिलतामा एमएडब्लु वृद्धिको प्रतिबद्धता र नेपालमा ईभीको सफल प्रबद्र्धनलाई मध्यनजर गरी उक्त अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ ।

‘यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ,’ अवार्ड ग्रहण गरेपछि एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले सफल र सुध्रित भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहने बताए । चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो, जसको एकसय ६२ वर्ष लामो विरासत रहेको छ ।

८ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ७ सय भन्दा बढी विक्री भइसकेका छन् । विशेषत यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो ।

  :