८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

लिपमोटर सी–१० अब नेपालगञ्जमा




काठमाडौं– साङ्ग्रिला मोटर्सले लिपमोटरको प्रमुख मोडल सी १० गाडीलाई नेपालगन्जमा लञ्च गरेको छ। साङ्ग्रिला मोटर्सको नेपालगञ्जका लागि आधिकारिक डिलरशिप शुभ लाभ इन्टरप्राइजेजले आयोजना उक्त कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ५ वटा लिपमोटर सी १० ग्राहकहरुलाई हस्तान्तरण समेत गरिएको थियो ।


आकर्षक डिजाइन र आधुनिक प्रविधिका लागि प्रसिद्ध लिपमोटर सी १० अब नेपालगन्जका ग्राहकहरूको लागि उपलब्ध हुनेछ र बुकिङ समेत आधिकारिक रूपमा खोलिएको छ।

सो मोडल वातावरणमैत्री ग्राहकहरूको लागि डिजाइन गरिएको छ, जसले परिष्कृत र दिगो भविष्यलाई सोचेर बनाइएको छ। यसको अत्याधुनिक सुविधाहरू र आकर्षक डिजाइनले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेछ, जुन इलेक्ट्रिक सवारीमै आफ्नो भविष्य सजाउनेहरूको अत्यन्तै राम्रो रहेको कम्पनीले जनाएको छ।

साङ्ग्रिला मोटर्स नेपालको प्रतिष्ठित घराना गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ। सो कम्पनी २०१७ देखि प्यूजो, २०२१ देखि सिट्रोन र हाल लिपमोटरको एक मात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ।

  :