२९ माघ २०८१, मंगलबार | Wed Feb 12 2025

केई ब्रान्डको ईभी एक्स थ्री प्रो किन्दा ५ वर्ष सम्म कुनै पनि ब्याज नलाग्ने




काठमाडौं– नेपालका लागि केईको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले नेपाली बजारमा उपलब्ध केई ब्रान्डको ईभी एक्स थ्री प्रो किन्दा ५ वर्ष सम्म कुनै पनि ब्याज नलाग्ने अफर सार्वजनिक गरेको छ।

नेपाली बजारमा केही समय यता उपलब्ध केई एक्स३ प्रोमा १२० किलोवाटको मोटर र ५३.६ किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ३७० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । टप–टायर इलेक्ट्रिक भेइकलले उपलब्ध गराउने आकर्षक परफर्मेन्स दिने सो गाडीले उपलब्ध गराउने २६० एनएम टर्कले सिटी वा ओपन रोड जुनसुकै अवस्थामा यात्रालाई सहज बनाउने कम्पनीको भनाई छ ।

स्लिक डिजाइन र मोर्डन फिचर सामेल गरिएको केई एक्स३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरु एलइडी छन् । १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेसन क्लष्टर, इन्टेलिजेन्ट स्काई रुफ, ड्युअल जोन एसी, वायरलेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ ।

सुरक्षाका लागि यसमा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर दिइएको छ । सुरक्षाको हिसावले राम्रो रहेको ब्याट्रीसहित सबै किसिमका मोटर लगायत इलेक्ट्रिकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी रहेको छ ।

  :