काठमाडौं – याडियाका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा बिक्री–वितरण गरिरहेको कुजु नेपाल प्रालिले नयाँ मोडल ‘इपक’ भित्र्याउने भएको छ ।
नेपाली बजारमा पहिले नै दुई मोडल जी६ र एम६ बिक्री–वितरण गरिरहेको कुजु नेपालले अब अर्को मोडल इपक भित्र्याउन लागेको हो ।
भन्सार प्रयोजनका लागि मूल्य सूची सार्वजनिक गरिए अनुसार सो इपक मोडलको मूल्य २ लाख ३५ हजार रुपैयाँ हुनेछ । ३ हजार वाट मोटर क्षमता भएको सो स्कुटरले सिंगल चार्जमा १५० किलोमिटर सम्म रेन्ज दिने कम्पनीले जनाएको छ।
हाल नेपाली बजारमा उपलब्ध याडिया जी६ २ लाख ६० हजार रुपैयाँ र एम६ को मूल्य १ लाख ७५ हजार रुपैयाँ छ ।
प्रतिक्रिया