३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

केई एक्स३ प्रो ईभी नेपाली बजारमा, मूल्य ४३ लाख ९६ हजार



काठमाडौं – केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगम केई एक्स३ प्रो ईभी नेपाली बजारमा उपलब्ध गराएको छ ।

सबैभन्दा अफोर्डेबल एसयूभी एक्स३ प्रो को सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यस ईभीमा ९९ किलोवाट मोटर पावरमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्छ ।

यसले सिंगल चार्जमा ३७० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । यसको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ७ घण्टा लाग्छ । यसलाई घरैमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिन्छ । त्यसैगरी डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

विभिन्न पाँच कलर अप्सनमा केई एक्स३ प्रो ईभी उपलब्ध हुने कम्पनीले जनाएको छ। काठमाडौंको भाटभटेनीमा यसको शोरुम अवस्थित छ । नेपालभरि बलियो उपस्थितिसँगै केई नेपालले भाटभटेनीका साथै धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र विर्तामोड सहित नौ वटा शोरूम सञ्चालन गर्दै आएको छ ।

  :