३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

बीवाईडी ‘एक्सचेन्ज फेस्ट’ जारी




काठमाडौं–बीवाईडी ‘एक्सचेन्ज फेस्ट’ काठमाडौं लगायत देशका ५ शहरमा जारी छ । बिहिबारदेखि शुरु उक्त मेला काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगन्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा एकसाथ सुरु भएको हो । मेला आइतबारसम्म चल्नेछ ।

मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाईडीको एट्टो ३, डल्फिन र एम६ साट्न सक्ने र यी गाडीको टेष्ट ड्राइभ समेत गर्न सकिने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज गर्दा पुरानो गाडीमा उत्कृष्ट मूल्यांकनका साथ एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसरिज र निःशुल्क चार्जर जडानको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

  :