३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

भारत मोबिलिटी ग्लोबल एक्स्पोमा बीवाईडीको सिलायन ७ प्रदर्शन




काठमाडौं– चिनियाँ बिद्युतीय सवारी निर्माण कम्पनी बीवाईडीले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो प्रिमियम इलेक्ट्रिक कुपे एसयूभी सिलायन ७ ईभी प्रदर्शन गरेको छ ।

सिलायन ७ ईभी भारतमा कम्पनीको सिल, अटो ३ र ईमाक्स ७ पछिको चौथो मोडल हो । सिलायन ७ ईभीले फूल चार्जमा ५६७ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यो प्रिमियम र परफर्मेन्नस गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ४५ लाख भारुबाट सुरु हुने छ । यसले हुन्डाई आयोनिक ५ र किया ईभी ६ जस्ता लोकप्रिय इलेक्ट्रिक कारसँग प्रतिस्पर्धा गर्नेछ।

कम्पनीले फेब्रुअरी १७ सम्म बुकिङ गर्दा ७० हजार भारु छुटसहित कारको बुकिङ पनि सुरु गरेको छ । साथै कम्पनीले ७ वर्ष र १ लाख ५० हजार किलोमिटर वारेन्टी र फ्रि इन्स्टलेसनको साथमा ७ किलोवाटको एसी चार्जर पनि उपलब्ध गराएको छ ।

बीवाईडी सिलायन ७ ईभीमा सिलमा जस्तै हेडलाइट दिएको छ । साथै यसमा क्लोज अफ ग्रिल, फ्रन्ट बम्परमा एग्रेसिभ कट र क्रिज लाइन, साइडमा १९ इन्चको ड्युअल टोन अलोय ह्विल, २० इन्चको ह्विल विकल्प, फ्लश टाइप डोर ह्यान्डल र आर्कको माथि ब्ल्याक रग्ड क्लेडिङ दिइएको छ ।

कारको रियरमा पिक्सल डिजाइन एलिमेन्टको साथमा कनेक्टेड एलईडी टेल लाइट र ब्ल्याक रियर बम्पर दिइएको छ । बम्परमा फग ल्याम्प पनि छ । स्टोरेजका लागि यसमा ५८ लिटरको फ्रन्ट र ५२० लिटरको बुट स्पेस दिइएको छ । यसको पछाडिको सिट फोल्ड गरेर बुट स्पेसलाई १७८९ लिटरसम्म बढाउन सकिन्छ।

  :