३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

चाँडै नै नेपाली बजारमा प्रोटोनको इमास ७ कार



काठमाडौं– प्रोटोनको ईभी इमास ७ कार चाँडै नै नेपाली बजारमा औपचारिक रुपमा प्रवेश हुने भएको छ ।

गत डिसेम्बरमा मलेसियामा सार्वजनिक भएको उक्त कार शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले आगामी मार्चमा नेपाली बजारमा ल्याउने तयारी गरेको हो । मलेसियामा यो कार एक महिनाको अवधिमा ३ हजार युनिट भन्दा धेरै बुकिङ भईसकेको बताइएको छ । प्रोटोन इमास ७ प्राइम र प्रिमियम गरि दुई भेरिएन्टमा उपलब्ध रहेका छन् ।

प्रोटोन इमास ७ मा एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । प्रोटोन इमास ७ को प्राइममा ४९.५२ किलोवाट आवर क्षमताको एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ भने प्रोटोन इमास ७ प्रिमियममा ६०.२२ किलोवाट आवर क्षमताको एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ ।

  :