३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

सिप्रदीद्वारा टाटाको नयाँ नेक्सन ‘के–थ्री’ ईभीको बुकिङ खुला




काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ नेक्सन ‘के–थ्री’ को आइतबार एक कार्यक्रमबीच बुकिङ खुला गरेको छ । नेक्सन ‘के–थ्री’ को सुरुवाती मूल्य ४८ लाख ९९ हजार निर्धारण गरेर बुकिङ खुला गरेको हो ।


पुरै नयाँ डिजाइनका साथ आएको नयाँ नेक्सन ‘के–थ्री’ मा ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक तथा ९८ किलोवाट क्षमतको मोटर जडान गरिएको छ । यस नयाँ कारले ३५० देखि ३७० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।

के–थ्रीमा ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित, ३६० डिग्री क्यामरा पनि उपलब्ध छ । यसलाई इको, सिटी र स्पोर्ट गरी कुल तीनवटा मोडमा ड्राइभ गर्न सकिन्छ ।

  :