काठमाडौं– ओमोडा ईभीका लागि सुदूरपश्चिमको आधिकारीक विक्रेता कृष्णा अटोमोबाईल्सले धनगढीमा शोरुम सञ्चालनमा ल्याएको छ ।
सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. गणेश बहादुर सिंहले शोरुमको रिवन काटेर उद्घाटन गर्नुका साथै शोरुममा राखिएका दुई वटा नयाँ गाडीको अनावरण समेत गरे । सो कार्यक्रममा बोल्दै डा. सिंहले शोरुम मात्र खोलेर मात्र नपुग्ने र त्यसका लागि पूर्वाधारहरु विकास गर्नुपर्ने बताए ।
नेपालका लागि ओमोडा गाडीको आधिकारीक वितरक एसपीजी अटोकोबाईल्सका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले इ फाइब र जेको जेसिस गरेर दुई मोडेलको गाडि बिक्री भइरहेको भन्दै ओमोडा गाडीलाई लक्षित गरेर देशभर ३० ठाउँमा चार्जिङ्ग स्टेशन रहेको र एक वर्ष भित्रमा थप एक सय फाष्ट चार्जिङ्ग स्टेशन सञ्चालन गर्ने पनि बताए ।
कार्यक्रममा सर्वाधिक रक्तदाता पत्रकार दिपक उपाध्याय र साईकल यात्री भरत विक्रम शाहीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया