काठमाडौं– एमजीको लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बहुप्रतिक्षित मोडल एस–५ फेब्रुअरीमा बुकिङ खोल्ने र मार्चदेखि ग्राहकहरुलाई डेलिभरी दिने तयारी गरेको छ ।
एमजी एस-५ अहिले नेपालमा धेरै उपभोक्ताहरुले चर्चा गरिरहेको मोडल हो । प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको एस–५ दुई ब्याट्री अप्सनमा नै नेपाल आउने कम्पनीको भनाई छ ।
यो ईभीको मूल्य नेपालमा ५० देखि ६० लाख रुपैयाँसम्म पर्न सक्ने बताइएको छ । । यो ईभीमा ४९.१ र ६२.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक छ । यसमा कम्पनीले अहिलेसम्मकै सबैभन्दा पातलो ११० एमएम उचाइ भएको ब्याट्री प्रयोग गरेको छ ।
एसएआइसीको नेबुला प्लेटफर्ममा बनेको एस–५ एसयूभी सेग्मेन्टमै पहिलो रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध हुने मोडल हो । एमजीको एस-५ को लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यसमा २७३० एमएम लामो ह्वील वेस पाउन सकिन्छ ।
प्रतिक्रिया