काठमाडौं – जेसिबी इक्यूपमेन्टको नेपालाका लागि आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालिले दक्षिण एसिया क्षेत्रका लागि ‘डिलर अफ द इयर’ २०२५ प्राप्त गर्न सफल भएको छ ।
जेसीबी इन्डिया लिमिटेडलाई सफलतातर्फ डोराउने कार्यकारीहरू ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरेका थिए ।
असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धिहरूको कदरस्वरूप कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो । अवार्डले निःशर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धद्वारा निर्मित उत्कृष्ट प्रदर्शनलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।
नवप्रवर्तन र उत्कृष्ट सेवाहरूप्रति कम्पनीको समर्पणले सबै सरोकारवालाहरूलाई असाधारण मूल्य प्रदान गर्दै उद्योगका मापदण्डहरू अझै उच्च बनाउन उत्प्रेरित गरेको कम्पनीले जनाएको छ । यो उपलब्धी हासिल गर्न सहयोग गर्ने सबैलाई कम्पनीले धन्यवाद दिएको छ ।
प्रतिक्रिया