२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

सिप्रदीको भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम



काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२५ को अवसर पारेर माघ २८ देखि फागुन ३ गतेसम्म टाटा ब्राण्डका अत्याधुनिक प्रविधियुक्त टियागो ईभी र पन्च ईभीसँग जुनसुकै ब्राण्डका पुराना गाडीहरु ल्याएर साट्न सकिने भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको हो ।


‘एक्सचेन्ज विथ लभ’ योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, एसोसरीज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ्ग बक्स (जडानसहित) र हरेक बुकिङ्गमा आकर्षक उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यस्तै, यस अवधिमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

  :