काठमाडौं– बीवाइडीले आफ्ना २१ मोडलमा नयाँ ड्राइभिङ सिस्टम उपलब्ध गराउने घोषणा गरेको छ । कम्पनीले सार्वजनिक गरेको ‘गड्स आई’ इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम (एडास)सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ ।
कम्पनीले प्रयोगमा ल्याउन लागेको गड्स आई एडास फिचरमा तीनवटा लाइडार सेन्सरसहित तीन भेरियन्टमा उपलब्ध हुनेछ ।
हिजो फेब्रुअरी १० तारिखमा नयाँ एडास फिचर सार्वजनिक गर्दै बीवाइडीको चेयरम्यान वाङ चुआनफुले आफुहरुसँगै चीनकै सबैभन्दा ठूलो ‘कार क्लाउड डाटावेस’ रहेको बताए ।
गड्स आई एडास फिचर भित्र १२ क्यामेरा, ५ मिमी वेभ रडार, १२ अल्ट्रासोनीक रडार छन् । प्रयोग भएका १२ क्यामेरामा ३ वटा अगाडि, ५ पानारोमिक क्यामेरा, ४ साइड क्यमेरा प्रयोग भएको छ । पाँच वेभ रडारले ३६० डिग्री भ्यू खिच्नेछ । कारको अगाडि ३०० मिटरमा कहाँ के भइरहेको पत्ता लगाउने छ ।
बीवाइडीले ‘भगवानको आँखा’ भनेको नयाँ एडास फिचर ए, बी र सी नामाकङ्कन गरेर ल्याएको छ ।
प्रतिक्रिया